Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

चीनले २०१८ को अन्त्यसम्ममा १० रेल मार्ग सेवा थप्ने


२०७५ मंसीर २२ गते , शनिवार प्रकाशित

  बेइजिङ्ग । चालु बर्ष २०१८ डिसेम्बर महिनाको अन्त्यसम्ममा चीनले उच्च गतिका नयाँ १० रेल मार्ग सेवा थप गर्ने भएके छ । जसले थप २,५०० किलोमिटरको दुरीमा सेवा प्रदान गर्ने । यसले गर्दा उच्च गतिको रेल सेवालाई बढावा मिल्ने चीनको रेल मार्ग श्रोतले जानकारी दिएको छ ।
    यस क्रममा ५५३ नया उच्च गतिका रेल सेवाहरु एकसाथ  शुरु गरिनेछ छ । यसबाट चीनको उच्च गतिको रेल वे सेवामा ९ प्रतिशतले बृद्धि हुने उक्त श्रोतले बताएको छ ।

  यो परिवर्तनले चीनको उच्च गतिको रेल सेवाले पहिलो पटक एकै साथ दर्जनौ शहरुलाई जोड्ने छ । ती रेलसेवाबाट जोडिने शहरहरुमा लियाओनिङ्ग प्रान्तको फुजियान र चाओयाङ्ग, भित्री मंगोलिया प्रान्तको तोङ्गलियाओ, हेबेई प्रान्तको चेङ्गदे, हेलुङ्गजियाङ्ग प्रान्तको मुदानजियाङ्ग, सान्दोङ्ग प्रान्तको रिझाओ जाङ्गशु प्रान्तका लियानयुङ्गगाङ र यानचेङ्ग, सिचुवान प्रान्तको याआन र यूनान प्रान्तको लिजियाङ्ग शहरहरु लगायत रहेका छन् ।
  यो नया रेल सेवाको शुरुवातबाट कतिपय शहर पुग्ने र फर्किन सयम पनि निकै घट्ने बताइएको छ । उदाहरणका लागि हार्बिनबाट मुदानजियाङ्ग पुग्न ३ घण्टाकम समय लाग्ने छ भने मुदानजियाङ्गबाट बेइजिङ्ग पुग्न ७ घण्टाको समय कम लाग्ने छ ।    चीनले २०१९ को जनबरीमा चीनयाँ रेलको एउटा नयाँ डायग्राम पनि प्रकाशमा ल्याउने भएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif