Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

युरोपेली वायुले नेपालमा बढ्यो चिसो


२०७५ मंसीर २० गते , विहीवार प्रकाशित

यज्ञ दगाल



  भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भेगको तापक्रम निकै घटेको छ । युरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगलाई छोएर नेपाल भित्रिँदा एक्कासी चिसो बढेको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।  





 मुलुकको पश्चिमी भेगबाट भित्रिएको युरोपेली वायुले नेपालका हिमाली भेगलाई समेत छोएर फैलिँदा अहिले चिसो निकै बढेको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए। ‘अहिले युरोपमा हिमपातले त्यसैपनि चिसो बढाइरहेको छ, त्यही वायु विभिन्न मुलुकका हिमाली भेग हुँदै नेपाल आउँदा यहाँ एक्कासी चिसो बढ्यो’,उनले भने।



  तर यो आकस्मिक मौसमी गतिविधि नभएर विगतका वर्षहरू जस्तै नियमित प्रकृया भएको उनको भनाइ छ। ‘अहिले पश्चिमी वायु निकै सक्रिय भइरहेको छ, उत्तरी भारत हुँदै वायु भित्रियो भने चिसो झनै बढ्छ’, उनले भने। वर्षा नभएसम्म तापक्रममा सुधार आउने सम्भावना नरहेको शाक्यले बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि तत्काल पहाडी र हिमाली भेगको मौसममा सुधार आउने सम्भावना नरहेको जनाएको छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif