Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

प्रभु बैंकका भन्सार नाका लक्षित ७ काउण्टर सञ्चालनमा


२०७५ मंसीर १९ गते , बुधवार प्रकाशित

प्रभु बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । 

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो । 

भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखबाट उद्घाटन भएको थियो । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आँकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउनुकासाथै राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif