Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

नेपाल बैंकका ग्राहकलाई निशुल्क दुर्घटना र औषधोपचार बीमा


२०७५ मंसीर १९ गते , बुधवार प्रकाशित

नेपाल बैंक लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स कम्पनीबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । 

सेवा आदानप्रदान सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । 

सम्झौता पश्चात् बैकले आफ्ना खातावाला ग्राहकलाई निशुल्क रुपमा रु.१० लाख बराबरको  दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ । 

बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु १० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिँदै आफना ग्राहक महानुभावहरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससँग बीमा सेवाको लागि सम्झौता गरिएको जानकारी दिए । 

आइएमई जनरल सीइओ युगेशभक्त बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif