Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स


२०७५ मंसीर १९ गते , बुधवार प्रकाशित

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बंैकका देशभर १०५ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif