नयाँ जनबादी क्रान्ति आबश्यक — बैद्य
रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ले बैठक पछि हिजो पत्रकार सम्मेलन गर्दै यो कुरा दोहो¥याएका हुन् ।
यो बैठकले साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय पनि गरेको छ । यसै सन्दर्भमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताएका हुन् ।
मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय हिजो बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ । सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको, हतारमा गरिएको एकता दिगो नहुने भन्दै उनले सैद्धान्तिक राजनीतिक रूपमा अझै पहल गर्नुपर्ने बताए ।भन्दै बैद्यले सत्ताधारी नेकपासँग भने एकता नहुने कुरा प्रष्ट पारेका थिए ।
अहिलेको सरकार न वामपन्थी न कम्युनिस्ट कसैको नभएको भन्दै उनले सरकारले कम्युनिस्टको धज्जी उडाएको बताए। दुईतिहाइको दम्भ प्रदर्शन गर्दै राष्ट्रवादको दुहाई दिएर सरकारमा पुगे पनि नेपाली सीमा मिचिदा बोल्न नसक्ने सरकार आफैंले आफ्नो धज्जी उडाएको आरोप लगाए ।