Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

हाम्रो नमूना सहकारीको २०औं साधारणसभा सम्पन्न


२०७५ मंसीर १८ गते , मंगलवार प्रकाशित

हाम्रो नमूना बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । ललितपुर महानगरपालिका प्रयागपोखरीमा रहेको संस्थाले अध्यक्ष शम्भुप्रसाद फुयालको सभापतित्वमा सभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष फुयालले सदस्यहरुको विश्वास र सहभागिताले संस्थाले सफलता हासिल गर्दै गएको बताए । 

२०५५ सालमा उनन्चास जना सदस्यबाट कारोबारो शुरु भएको संस्थामा उपत्यकाभरका ३ हजार ३ सय आवद्ध रहेको उनले जानकारी दिए । संस्थाले गत आवमा ८ करोड ६९ लाख ७३ हजार शेयरपूँजी, ५२ करोड १३ लाख ४६ हजार बचत संकलन र ५८ करोड १५ लाख ऋण लगानी गर्न सफल भएको उनले सभामा जानकारी दिए । संस्थाको जगेडा तथा अन्य कोषमा गरी ४ करोड ७१ लाख रुपैया जम्मा रहेको छ । संस्थाले गत आवमा ९८ लाख ५६ हजार रुपैया विभिन्न शिर्षकमा गरी कर भुक्तानी गरेको छ । 

संस्थाले लघुवित्त, सुविधा, निक्षेप, जमानत, अल्पकालिन दैनिक किस्ता र अन्य क्षेत्रमा ऋण लगानी गर्दै आएको जनाएको छ । आफ्ना सदस्यहरुलाई रेमिटान्स सेवाका साथै मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, विद्युत आदिको महशुल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ । 

संस्थाले आव २०७४/७५ मा विद्यालयदेखि कलेजस्तरसम्म विभिन्न संकायमा अध्ययनरत उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान, वित्तीय साक्षरता, परिवार नियोजन उत्प्रेरणा तथा सुत्केरी पोषण खर्च प्रदान, सदस्य उपचार तथा किरिया खर्च प्रदान, रक्तदान, निबन्धलेखन, गोष्ठी तथा सेमिनार, आँखा शिविर, शैक्षिक सामग्री वितरण, पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, मोबाइल बैंकिङ तथा एसएमएस सूचनाप्रणाली जस्ता कार्यक्रम सञ्चालन गरेको थियो । 

चालु आवमा संस्थाले नमूना लघुवित्त कार्यक्रम, शेयरसदस्य सुरक्षा कार्यक्रम, सहकारी एकिकरण, पुरस्कार तथा शैक्षिक सम्मान, स्वास्थ्य शिविर, सहकारी एव वित्तीय साक्षरता तालिम जस्ता कार्यक्रम गर्ने भएको छ । साथै संस्थाले यस आवमा आफ्नै सुविधासम्पन्न भवन निर्माण निर्माण गर्ने भएको छ । संस्थाले यस अघि नै ललितपुर महानगरपालिकाभित्र ५ आना क्षेत्रफलको घडेरी खरिद गरिसकेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif