Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

बाम महिला नेतृहरु बिश्व महिला गोष्ठीमा बेंगलोरमा


२०७५ मंसीर १८ गते , मंगलवार प्रकाशित

बिश्व महिला संगठनको भारतको बेंगलोरमा चलिरहेको महिला मुक्ति सम्वन्धि  अन्तर्राष्ट्रिय सैद्धान्तिक गोष्ठीमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल महिला यूनियनका संयोजक सीता सुबेदी लगायत अखिल नेपाल महिला संघका बिभिन्न घटकका नेतृहरु दुर्गा पौडेल, सरिता डंगोल, मिना पुन, देबिका लिम्बु समेत बिभिन्न  महिला नेतृहरु सहभागी रहेका छन् ।
  यही डिसेम्बर १ देखि ६ सम्म हुने  महिला सम्बन्धि उक्त महत्वपर्ण सैद्धान्तिक गोष्ठीमा बिश्वका बिभिन्न देशका महिलाहरुको स्थिति, महिलाहरुका साझा समस्या र संघर्षका बिबिध पक्षमा सैद्धान्तिक छलफल र बिचार बिमर्श बताइएको छ । चलिरहेको बतइएको छ । छलफलमा नेपालमा बालिका निर्मला पन्तको बलात्कार र हत्या तथा उनको परिवारले न्याय नपाएको प्रकरण पनि उठेको र दोषी पत्तो लगाएर कारबाही नभएको कुराको बिरोध समेत गरिएको बताइएको छ । नेपालको तफबाट को–अर्डिनेटर तथा सांसद दुर्गा पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।



     महिला नेतृहरुले उक्त गोष्ठी बिश्व महिला आन्दोलनका निमित्त साझा धारण बनाउन उपयोगी रहेको र त्यसले नयाँ आत्म बिश्वास जगाएको तथा बिभिन्न देशका महिला प्रतिनिधिहरुको पारस्परिक अन्तर सम्बादले मैत्रीपूर्ण सम्बन्धलाई पनि बढाएको बताइएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif