Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

कावासोतीको नवलपुरमा ज्योति विकासको शाखा


२०७५ मंसीर १७ गते , सोमवार प्रकाशित

ज्योति विकास बैंकले कावासोतीको नवलपुरमामा नयाँ शाखा संचालनमा ल्याएको छ ।  कावासोती नगरपालिका नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे । 

बैंकले हालसम्म ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैकले हाम्रो विकास बैकलाई प्राप्ति गरी चाँडै एकीकृत कारोबार सुरुवात गर्ने तयारीमा रहेको छ । तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्ने जनाइएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif