Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

बुडोल सामुदायिकले सन्ध्याकालीन काउण्टर शुरु गर्यो


२०७५ मंसीर १७ गते , सोमवार प्रकाशित

दिपक तिमल्सिना, काभ्रे 

बुडोल सामुदायिक साकोसले गरी सन्ध्याकालीन काउन्टर सेवाको शुभारम्भ गरेको छ । बनेपा नगरपालिका, बुडोलस्थित संस्थाको मुख्य कार्यालयमा आयोजित एक समारोहकाबीच संस्थाका अध्यक्ष रामहरि केसीले उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

सन्ध्याकालीन सेवा नियमित कार्यालय सञ्चालन हुने दिनहरुमा अपरान्ह ४ बजेदेखि ६ बजेसम्म कायम हुनेछ भने जाडो याममा अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सेवा संचालन हुनेछ । 

सन्ध्याकालीन काउण्टरबाट जतिसुकै बचत रकम जम्मा गर्न र अधिकतम रु. पाँचला रुपैया झिक्न सकिने संस्थाले बताएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif