Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

एन आई सी एसिया बैंकको सीइओमा न्यौपाने


२०७५ मंसीर १७ गते , सोमवार प्रकाशित

एन आई सी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको ३७९औं सञ्चालक समिति बैठकले बैंकमा यस अघि कायममुकायम रहेका न्यौपानेलाई पूर्ण जिम्मेवारी दिएको हो । 

सीइओ न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 

सीइओ न्यौपानेले बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि बैंकलाई थप उचाइमा पुर्याउने बताए । बैकले लिएको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नारालाई मूर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेसा प्रयत्नशील रहने प्रतिबद्धता सो अवसरमा उनले व्यक्त गरे । 

चार्टड एकाउण्टेण्ट रहेका न्यौपानेले आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गरेका उनले  बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एकको स्थापित गराउन भूमिका खेलेको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । 

बैंकले आफ्ना वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif