Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

चन्द्रागिरी साकोसको कुल कारोबार १ अर्ब ४५ करोड


२०७५ मंसीर १६ गते , आईतवार प्रकाशित

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले १२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको सम्पन्न १७ औं वार्षिक साधारण सभाले नगद लाभांश का साथै तथा संरक्षित पूँजी फिर्ताको प्रस्ताव पारित गरेको हो ।

सभाले बचत र ऋणको कारोवारका आधारमा न्यूनतम रु १०० देखि २१ हजारसम्म फिर्ता पाउने गरी योगदानको अनुपातमा संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यहरुलाई फिर्ता गर्ने समेत निर्णय गरेको हो।  

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख  घनश्याम गिरी, नेफ्स्कुनका सञ्चालक दीपक पनेरु लगायतको उपस्थिति रहेको थियो ।

सभाले संस्थाका अध्यक्ष शिवशंकर मानन्धरबाट प्रस्तुत आव २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन, चार वर्षे रणनीतिक योजना तथा आव २०७५/०७६ को कार्ययोजना र अनुमानित बजेट, आव २०७४/०७५ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आव २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुको साथै आव २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोकेको छ ।   



अध्यक्ष मानन्धरले आव २०७४/०७५ मा शेयर पूँजी ९ करोड २६ लाख, बचत १ अर्ब १० करोड, जगेडा तथा अन्य कोषमा ५ करोड गरी एक अर्ब ४५ कुल कारोबार भएको जानकारी दिए । संस्थाले सो अवधिमा २ करोड ८८ लाख सञ्चालन बचत आर्जन गर्नुका साथै आय तथा अन्य गरी १ करोड ४९ लाख ७३ हजार कर बुझाएको छ ।   

संस्थाले ४ वर्षे रणनीतिक योजना अनुरुप निकट भविष्यमा एटिएम मेशिन प्रयोगमा ल्याई सदस्यहरुलाई सेवा दिने, अनलाईन बाटै ऋण लगानी गर्ने, सहकारीहरुबीच एकिकरण अभियान चलाउने संस्थालाई ब्राण्डिङ कार्यक्रममा सहभागि गराउने लक्ष्य राखेको छ ।   

सभामा ७० वर्ष माथिका २ सय शेयर सदस्यलाई टेक्ने लौरो प्रदान गर्नुका साथै  विभिन्न संकायमा विद्यावारिधी गर्ने ३ सदस्यलाई सम्मान गरिएको संस्थाले जनाएको छ । संस्थामा १० हजार २ सय ४४ सदस्य आवद्ध रहेको छन् ।   

सहकारी ऐन २०७४ अनुसार हुने गरी संस्थाको विनियम संसोधन गर्ने र एचएण्डबि डेभलपमेन्ट बैंक (हाल लुम्बिनी विकास बैंक) सँग संस्थाले रकम असुल गर्न आवश्यक निर्णय लिन र सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्नुको साथै हालसम्म सञ्चालक समिति र सञ्चालक समितिको तर्फबाट यस उपर भए गरेका निर्णय तथा सम्झौता सभाले अनुमोदन गरेको छ। 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif