Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

जी २० को कष्टकर जोडजाड् सही दिशामा जाला ?


२०७५ मंसीर १४ गते , शुक्रवार प्रकाशित

  यतिखेर बिश्वको सबैभन्दा ठूला अर्थ ब्यबस्था लाई ओगट्ने देशहरु जी – २० बार्षिक शिखर बैठक यस पटक निकै गम्भीर अन्तर्राष्ट्रिय परिस्थितिका बीच आजदेखि शुरु हुन गइरहेको छ । यद्यपि यतिबेला शक्तिशाली देशहरुको दृष्टिकोण भने निकै नै संकीर्ण र आत्मकेद्रित देखिएको छ। 
    आज र भोली दुइ दिनसम्म चल्ने यो बैठकले बिश्व अर्थब्यवस्थका सामु बिद्यमान चूनौतिरुको सामना गर्न सक्ने कुनै समाधान निकाल्न सक्ने हो होइन यो कुरा बैठक पछि मात्रै थहाँ हुनसक्ला । तर बितेका केही समयदेखि देखिदै आएको ठूला राजनेताहरुको ब्यवहारलाई कसी मान्ने हो भने भन्नै पर्ने हुन्छ कि  हुन लागेको जी – २० को बैठकबाट बिशेष कुनै अपेक्षा गर्न सकिन्न । हुन त बिश्वलाई जी – २० को आर्थिक शक्ति कति छ भन्ने कुरा जग जाहेर नै छ । सकल बिश्व उत्पादनको ८५ प्रतिशत हिस्सा यसले ओगटेको छ भने बिश्व ब्यापारमा ८० प्रतिशत अंशा पनि यसै संगठनको दायरामा पर्दछ । यस्तो परिदृष्य भएको बेला यदि जी – २० सँगबाट अर्थब्यवस्थाको प्रगति र समुन्नतिका निमित्त बाटो रोक्ने खडा भएका ब्यवधानहरुको निराकरण गर्ने सटीक रणनीति बनाएर त्यसलाई ब्यवहारमा खरो उतार्न भनिन्छ भने त्यो कुनै अस्वाभाविक कुरा चाँही अबश्य पनि होइन । 
      दश बर्ष अघि बितेको २००८ मा जतिबेला बिश्वमा मन्दी ठूलो महामन्दीले ग्रस्त थियो  त्यसबेला त्यस मन्दीबाट बाहिर निस्कनका लागि सबैभन्दा अहम भूमिका जी – २० ले नै निर्बहन गरेको थियो । हुन पनि त्यतिबेला प्रमुख देशहरुका नेताहरुले जुन तालमेल देखाएका थिए त्यस्तो सुझबुझ दोहो¥याउने स्थिति आज कतै सम्मुखको त कुरै छाडौ टाढा टाढासम्म पनि दृष्टिगोचर हुदैन । बरु त्यसको बिपरीत जाज त झण्डै प्रायजसो सबै शक्तिशाली देशहरु एक अर्का बिरुद्ध तरबार उठाएर खडा भएको देखिदैछ । स्थिति कस्तो छ भने पुराना संकटहरुको समाधान खोज्ने कुरा त टाढाको अझ थप नयाँ नयाँ संकट खडा गर्न पनि उनीहरु हिच्किचाइरहेका छ्रैनन् । युक्रेनकै समस्यालाई लिएर रुस र यूरोपेली संघ एक अर्काको सामुमा खडा छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुन मुद्दामा कस्तो भूमिका निभाउने र दृष्टिकोण अघि सार्ने हुन कोही कसैलाई प्रष्ट र यथार्थ थाहा छ्रैन, हुँदैन । चीन र अमेरिकाका बीचको ब्यापार युद्ध अहिले चरमरुपमा चर्किरहेको छ । जर्मनी र यूरोपेली संघसँग अमेरिकाको तनावपूर्ण सम्वन्धको परिदृष्यपनि समय समयमा सार्बजनिकरुपमा छचल्किने गरेको देखिदै आएको छ । साऊदी अरबका पत्रकार जमाल खगोशीको हत्याको संबदनशील र गम्भीर बिषयमा डोनाल्ड ट्रम्पले भलै साऊदी अरबको शाहाज्यादा राज कुमार मोहम्मद बिन सलमानको बचाउ गर्न खुलेर सामुन्नै आइसकेका भए पनि अलिे त उनको आफ्नै बचाउ गर्न पनि हम्मे हम्मे परिरहेको छ । 
    यस्तो परिबेशमा हेर्नु पर्ने कुरा के छ भने अर्जेण्टाइनाको राजधानी ब्यून आयर्समा हुन गइरहेको यो जी – २० शिखर बैठकले बिश्व अर्थब्यवस्थमा तीब्रता दिने कुनै प्रष्ट र ब्यवहारिक बाटो अख्तियार गरेर इतिहासको रचना गर्ने   हो कि आपसी झमेला झण्झटमै यौ बैठकलाई समाप्त  पार्ने इतिहास खडा गर्ने हो ?
  यो बैठक शुरु हुनुभन्दा ठिक पहिला अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) की अध्यक्षा क्रिष्टीना लेगार्डले जी – २० का नेताहरुलाई सचेत गराएकी छन् कि यदि बिश्व ब्यापरका बाधा अडचनहरु र बे्रग्जिट जस्ता मुद्दाहरु ठीक किसिमले निकारकरण गरिदैनन् भने बिश्व अर्थब्यवस्थाका संकटहरु अरु गम्भीर र गहिरो हुन जानेछन् । ध्यान रहोस्, कि डोनाल्ड ट्रम्पले अमेरिकी रोजगारी बचाउनका लाग निकै आक्रामक रणनीति अन्तरगत बिदेशी कारहरुमा अन्तशुल्क बढाउने धम्की दिएका छन् । क्रिष्टिना लेगार्डले प्रष्ट पारेकी छन् कि यदि यसो भयो भने बिश्व अर्थब्यवस्थालाई ०.७५ प्रतिशत जति ठाडै नोक्सान हुन पुग्ने छ । अहिलेको समय यो कुरा बुझ्नु बिल्कुदै उचित हुन्छ कि २००८ को जस्तो मन्दी आउदा दुइ तीन बर्षमा फेरि नदोहोरियोस् । त्यस्तो मन्दी पुनः आउदा दिनमा आयो भने त्यसको सामना गर्न पहिलाभन्दा धेरै मुश्किल पर्ने कुरा निश्चित छ । यसले जी – २० का देशहरुको आपसी जोडजाडले  पनि अझ भयावह सकसबाट गुज्रिनु पर्ने छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif