इन्टर कलेज प्लसटु फुटसल प्रतियोगिता हुँदै
सिजन मिडियाको आयोजनमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा भाग लिन लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समुहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिइन् । प्लसटुमा अध्ययनरत विद्यार्थीहरुले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट साइजको फोटो र ७ हजार रुपैया तिरेर पौष २० गते सम्म आफ्नो कलेजको फुटसल टिम दर्ता गर्न सक्नेछन् ।
उक्त प्रतियोगिताको उद्घाटन पौष २३ गते हाडिगाउँ स्थित धर्नोन्तरी फुटसल मैदानमा एकहप्ता सम्म सन्चालन हुनेछ ।
उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजको खेलाडीहरुको सहभागी हुने छ भने प्रथम हुनेले एक लाख नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र, दोस्रो हुनेले रु ५० हजार नगद ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन भने तृतीय हुने टिमले रु २५ हजार नगद साथै ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् । साथसाथै उक्त प्रतियोगितामा बढी गोल गर्ने उत्कृष्ट खेलाडीहरुलाई पनि ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनुए ।