Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

सरकारले दिने भो योगदानमा आधारित सामाजिक सुरक्षा


२०७५ मंसीर ११ गते , मंगलवार प्रकाशित

  काठमाडौँ । सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरे। 

 

  योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको बताइन्छ ।  यो घोषणा गरिए पनि देशको अर्थतन्त्रको चरित्र र उत्पादन पद्धतिलाई यथास्थितिमा कायम राख्ने हो भने कार्यन्वयमा ठूलो चूनौति खडा हुनेछ ।




संबिधानले गास, बास, कपास, शिक्षा तथा रोजगारीको सुनिश्च्तिता गरेको छर नाफामुखी नीजीकरण, उदारीकरण र बजारमुखी अर्थतन्त्र नै सामाकिज सुरक्षाको बाधक बनेर रहेको र उत्पादनशील क्षेत्र पिछडिएको अबस्थामा रहेको बिज्ञहरु बताउँदछन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif