Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

क्यूवाली क्रान्तिका महानायक क्याष्ट्रो


२०७५ मंसीर ९ गते , आईतवार प्रकाशित

बैज्ञानिक समाजबादप्रति सर्बात्मना समर्पित सामन्तबाद, साम्राज्यवाद र उपनिबेशबाद बिरोधी क्यूवका बिश्व प्रसिद्ध नेता फिडेल क्याष्ट्रको गत बर्ष  अर्थात २५ नोभेम्बर २०१६ का दिन  देहाबसान भएको थियो । ती क्यूवाली क्रान्तिका महानायक २०औ शताब्दीका एक उच्चकोटीका आदर्श नेता फिडेल क्याष्ट्रोले आफ्नो ५५ बर्षको राजनीतिक जीवन यात्रामा असाधारण क्रान्तिकारी संघर्षको प्रतिमान कायम गर्दै र अनेक उतार चढाव ब्यहोर्दै सफलतकासाथ समस्याहरुको सामना र समाधान गरे । यस क्रममा उनले केवल क्यूवाको सत्ता–संरचनाको स्वरुप मात्र बदलेका होइनन् आफ्नो देशमा अभाव र गरीबसँग जुधिरहेका क्यूबाली जनताका समस्यालाई अत्यन्तै गम्भीरतापूर्वक लिदै जन पक्षीय मूल्य मान्यतामा सदा सर्बदा आफुलाई अडिग तुल्याएर राखे । जनता, देश र क्रान्तिप्रतिको उनको यो अखण्ड र अतुलनीय निष्ठा र साहसिलो आस्था तथा समर्पणले गर्दा नै उनलाई बिश्वका केही छानिएका नेताको पंक्तिमा  खडा गरेको पनि हो र अगामी दिनमा पनि निरन्तर गरिरहनेछ ।
   
वास्तवमा फिडेल क्याष्ट्रोले गहिरो खोज अनुसन्धान र ब्यबहारिक अनुभवको आधारमा के कुराको स्थापान र सर्ब स्वीकार्यता बिश्वका सबै बिकासशील देशहरुमा ल्याउन सके भने जबसम्म बिपन्न र सम्पन्न, गरीब र धनी देश आपसमा ब्यापार गर्दछन् त्यो कुनै ब्यापार नभए सम्पन्न देशद्वारा बिपन्न देशको लुट मात्र हुन्छ । यो क्याष्ट्रोको अनुसन्धानको अत्यन्तै महत्वपूर्ण र ब्यवहारिक निष्कर्श आज पनि बिश्व ब्यापार संरचनामा सर्बत्र चरितार्थ र प्रमाणित भइरहेको हामी सुन्न, देख्न र अनुभव गर्न सक्तछौं ।           

हुन पनि ‘फिडेल’ को शाब्दिक अर्थ नै आस्थावान हुन्छ । नाम अनुसार नै देश र जनताप्रतिको क्याष्ट्रोको जीवन मूल्य–मान्यता र निष्ठामा अबिचलित र अटल रहन सक्यो । वास्तवमा उनी एक मात्र यस्ता एक दीर्घकालीक जनप्रेमी शासक रहेका थिए जसले मूल्यप्रतिको आस्थामा कुनै कमी र कमजोरी आउन दिएनन्, कदापि सम्झौता गरेनन् ।  फिडेल क्याष्ट्रोको यही दृढ र प्रेरणास्पद जन परम्पराले गर्दा उनलाई बिश्व समुदायका अगाडि बडो स्वाभीमानकासाथ शीर उच्च पारेर अबिचल सही बाटोमा यात्रा गर्ने र अन्तिम बेलामा पनि त्यसरी नै बिदा हुने शुभ अवसर पनि मिल्यो । यही उनको मूल्य–मान्यताप्रतिको प्रगाढ इमानदारीकै करण क्यूवामा उनका बिरोधीहरुले समेत उनलाई आज गर्बकासाथ सम्झना गर्ने गर्दछन् ।        

बिश्व शीत युद्धको क्रमबाट गुज्रिरहेको बेलामा र खाशगरी सोभियत संघको बिघटना पछि जस्तो प्रकारले क्यूबा बिश्वमा एक्लिएको अबस्था थियो  त्यसले गर्दा क्यूबाली समाजको एउटा  तप्का निकै ठूलो अप्रसन्नता र निराशाको शिकार पनि बन्यो तर फिडेल क्याष्ट्रो कै त्यो एउटा जीवन्तता र धैर्यशील दूरदृष्टि नै थियो जसल गर्दा जनतामा उत्पन्न त्यो निराशा र अप्रसन्नताको नराम्रो अबस्थालाई चिर्न र क्यूबालाई सही बाटोमा फेरि पनि डो¥याउन सम्भव तुल्यायो र निकै हदसम्म सफलता पनि प्राप्त भयो । क्याष्ट्रोकै सफल नेतृत्व र प्रयत्नका कारण आज क्यूबाको स्वास्थ्य सेवा पूरै बिश्वमा सबैभन्दा राम्रो मानिन्छ । यसका अतिरिक्त त्यहाँको एक एक नागरिकलाई शिक्षित, दीक्षित र क्षमतावान तुल्याउने उपयोगी र उन्नत शैक्षिक मूल्य पद्धतिका लागि पनि क्यूबाले अपूर्व प्रगति गरेको आज पनि देख्न सकिन्छ । यसरी स्वास्थ्य र शिक्षामा क्यूबाले बिश्वमै एउटा महत्वपूर्ण र अनुकरणीय अग्रता हासिल गरेर ठूलो उदाहरण कायम गरेको छ । यति हुँदा हुदै पनि अझै अत्याधुनिक सूचना प्रबिधिको क्षेत्रमा यसले पर्याप्त पहुँच बढाउन सकिरहेको छैन । त्यसले गर्दा त्यहाँ इण्टरनेट निक्कै महँगो रहेको छ । यद्यपि फेसबुक र गुगलको पहुच भने त्यहाँ पनि बिस्तार भएको र अझ बढी सहज बन्दै गएको छ ।  
 
त्यसैले, बिगतका यी सफलताका असल परम्परालाई पनि अब क्याष्ट्रो पछिको क्यूवाको नेतृत्व र त्यहाँका जनताले क्यूवालाई समाजवादी आधुनिकीकरणको बाटोमा दृढताकासाथ हिडाउन अथक मेहनत गर्नु पर्ने देखिन्छ । बिगतमा ठूल्ठूला समस्याहरु पार गरेर समाजवादको बाटोबाट अबिचलितरुपमा अभिमुख र अग्रसर रहेको क्यूवाले आफ्ना नेता क्याष्ट्रोको बिचार र ब्यवहारको सही दिग्दर्शनमा अडिग रहेर अघि बढ्यो भने क्यूबालाई सर्बतोमुखीरुपमा  एक अझ उन्नत अत्याधुनिक समाजवादी राष्ट्रकोरुपमा बिश्वमा खडा गर्न सफल हुने कुरा निचिश्त छ । ‘समाजबाद कि मृत्यु’ एक मात्र बिकल्प क्यूबा र त्यहाँँका जनताको एक मात्र बाटो रहेको औल्याउने तथा क्रान्ति र जनताको जीवनलाई जोडेर समुन्नति, शान्ति र सम्बृद्धिकासाथ स्वतन्त्रता र स्वाधीनताको निरन्तर अलख जगाउने शोषित पीडित जनता र राष्ट्रका ती सहासी र अतुलनीय क्यूवाली क्रान्तिकारी नेतालाई हार्दिक नमन तथा उच्च सम्मान उनको दोश्रो बार्षिकीको बेलामा !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif