Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

इलाम–पाचथर सीमामा प्याराग्लाइडिङको सफल परीक्षण


२०७५ मंसीर ९ गते , आईतवार प्रकाशित

    मङ्गलबारे । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट हिजो शनिबार परीक्षण उडान गरिएको थियो । 


  सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले उडान पछि भने । पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिएको यस क्षेत्रका डाँडाकाँडाबाट आगामी दिनमा उडान गर्न सकिने समेत उनले भनाइ राखे । 


    शेर्पाले नाम्तोक डाँडाबाट करीब एक घण्टासम्म आकाशमा उडाएपछि घुर्बिसे पञ्चमी बजार नजिकै रहेको ठिङ्गेपुरको पाण्डवधारा छेउमा अवतरण गरेका थिए । उनले यसअघि विभिन्न ३८ देशमा प्याराग्लाइडिङको उडान सफल गरेको पनि बताएका छन् । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको ६० हजारजतिको  निजी लगानीमा यो प्याराग्लाइडिङ गराइएको हो । शेर्पाले पर्यटकीयस्थल कन्याम, गजुरमुखीमा समेत यस्तो उडान गरेका थिए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif