Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

के अब बन्ला त कपिलबस्तु खण्डको हुलाकी सडक ?


२०७५ मंसीर ९ गते , आईतवार प्रकाशित

 शहबाज खान

  कपिलबस्तुको हुलाकी सडक खण्ड बर्षौंदेखि जीर्ण अवस्थामा रहेको छ । यद्यपि बिभिन्न समयमा बिभिन्न सरकार र चुनाव आउदा विभिन्न नेताहरुले कपिलबस्तु हुलाकी सडक खण्ड कालो पत्रे निमार्ण गराएरै छाडने प्रतिवद्धता जाहेर गरेपनि चुनाव जिते पछि सबै कुरा बिर्सेर सेल्फी मात्र खिचाउने जस्तो देखिदै आएको छ।   हुलाकी सडक खण्डको समस्या धेरै दिनदेखि  रहिरहेको र कयौं पटक यसका लागि संघर्ष समिति समेत गठन गरेर अन्दोलन गरेको भए पनि अहिलेसम्म यो सडक नबनेकोले  समस्या ज्यूँकात्यूँ रहेको छ ।     हुलाकी सडक खण्डको नाउमा जान्ने पहिचान्ने गरिएका यो सडक केही बर्ष पहिला जिल्लाको सम्पर्क मार्ग मात्रै थियो । तर जब पहिलो संबिधान सभाको चुनाव भयो त्यसपछि गठन भएको सरकारका  भौतिक योजना तथा निर्माण मन्त्री रहेका हृदेश त्रिपाठी र राज्यमंत्री ईश्वर दयाल मिश्राको पहलमा सरकारले यस सडक खण्डलाई कपिलबस्तु हुलाकी राजमार्ग मा नामांकरणसम्म गरेको थियो ।         तर अहिलेसम्मको स्थितिलाई  हेर्दा यो हुलाकी सडकमा राजनितीकरण धेरै देखिएको तर कही कतैबाट यसको निर्माण गर्ने पहल न भएको स्थानीय जनताको बुझाई रहदै गर्दा  पूर्वमंत्री र हाल प्रतिनिधी सभा सदस्य हृदेश त्रिपाठीको नेतृत्वमा पूर्वमंत्री र हाल प्रतिनिधी सभा सदस्य रहेका बृजेश कुमार गुप्ता र पूर्वमंत्री ईश्वर दयाल मिश्राको संयुक्त टोलीले वर्तमान अर्थमंत्री संग भेटेर कपिलबस्तु हुलाकी सडक खण्डको अबिलम्ब टेण्डर निकालनको लागि अनुरोध गर्दा मा.अर्थमंत्रीले सम्बन्धित मन्त्रालसँग समान्वय गरी तुरुन्तै टेण्डर निकालन निर्देश दिने साथै हुलाकी सडक खण्डमा लाग्ने रकम कही कतै बाट पनि कम न हुने र अति अवश्यक रहेको छ भनी सडक बिभागका डीजी र हुलाकी सडक निर्माण प्रमुखलाई अबिलम्ब बोलाई टेण्डर निकाल्न निर्देश दिने भन्ने प्रतिबद्धता जनाएको जानकारी पूर्वमन्त्री ईश्वर दयाल मिश्राले जनाएका छन् । यो काम तदारुखताकासाथ होस् र पहिला पहिला जस्तै आश्वासनमा सीमित नरहोस् भन्ने यस क्षेत्रका जनताले चाहेका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif