Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

पर्यटकीय भ्रमण, लेखन प्रशिक्षण सहीत साहित्यिक कार्यक्रम


२०७५ मंसीर ८ गते , शनिवार प्रकाशित

    रुकुम जिल्लामा सिर्जनात्मक लेखन कला अभिमुखीकरण तथा यात्रा पर्यटन साहित्य कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आयोजनामा र घोष्ट राइटिङ नेपालको संयोजनमा मंसिर ३ गतेदेखि सुरु भएको कार्यक्रममा रुकुमका विभिन्न  ठाउँमा रहेका साहित्यकार पारिजात , महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि  भानुभक्त आचार्यको सालिकमा माल्यार्पन , लेखक गायक कलाकार पत्रकारहरुसंग भेट्घाट सिर्जनात्मक लेखन तथा प्रशिक्षण कक्षा संचालन गरिएको थियो ।
  त्यसैगरी रुकुम पूर्ब र पश्चिममा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण गरिएको थियो । बाफिकोट गाउपालिकामा अबस्थित स्यार्पुताल, रुकुमकोटमा रहेको कमलताल मुसिकोटको साखमा रहेको ठुलीदह, सानीभेरी, मुसिकोट दरवार, डिग्रेमेला लगायत विभिन्न ठाउँमा साहित्यकारहरुको उपस्थितीमा ट्रेकिङ एंव भ्रमण रचना वाचन गरियो !  २५ जना जति स्रष्टाहरुको उपस्थितिमा सिर्जनात्मक प्रशिक्षण कक्षा समापनमा नेपालका प्रसिद्ध साहित्यकारहरु निवन्धकार युवराज नयाँघरे, आख्यानकार नयनराज पाण्डे, कथाकार एंव पत्रकार अश्विनी कोइराला , घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल र राप्ती साहित्य परिषद्का आजिवन सदस्य पूर्ण ओलीलाई सम्मान गरिएको थियो । 
  रुकुमको साहित्यको उन्नयनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने राप्ती साहित्य परिषद्का सल्लाहकार  रहनुभएका हरीप्रसाद खनालले जानकारी दिनुभयो । सिर्जनात्मक कक्षाबाट आफूहरुले चर्चित साहित्यकारहरुका  धेरै अनुभव सुनेको र सुन्दर ढङ्गले आफूहरुलाई सिकाएको एक सहभागी मिरा जिएमले बताउदै र आयोजकलाई धन्यवाद दिएकी थिइन् ! राप्ती साहित्य परिषद् रुकुम शाखाका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको कार्यक्रमको संचालन त्यही संस्थाकी उपाध्यक्ष  सिर्जना शर्माले गरेकी थिइन् !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif