Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

नेपालका बरिष्ठ कानून व्यवसायी कुशुम श्रेष्ठको निधन


२०७५ कार्तीक २१ गते , बुधवार प्रकाशित

              ठमाडमाण्डौ /नेपालका  वरिष्ठ अधिवक्ता  कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।    उनी श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका श्रेष्ठका थिए । उहाँको आज बिहान ५ः३५ बजे देहाबसन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए । 

    नेपालको पश्चिम तनहँु बन्दीपुरमा जन्मिएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए। सर्वाेच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष थिए ।    उनका कानूनसम्बन्धी धेरै कृति र लेखहरु  प्रकाशन भएका छन् ।  श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा महत्वपूर्ण कानूनी बहस पैरवी गरेका थिए । 



      नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्या्दित कानून व्यवसायीका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बतार्एका छन्  । 

  दिबंगत श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पाथिव शरीर भोलि श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने र  साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको खबर छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif