Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

शुरुदेखि नै सहकारी अभियान स्वतन्त्र रुपमा चलेको भए नेपालको आर्थिकस्तर धेरै माथि पुग्थ्यो


२०७५ आश्विन १४ गते , आईतवार प्रकाशित

गोविन्द पराजुली, अध्यक्ष
उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.


२०६१ सालमा केहि व्यक्तिहरु मिलेर स्थापना भएको बचत समुह २०६७ सालमा सहकारीमा परिणत गर्दै उद्यमशील बचत तथा ऋण सहकारी संस्था बनेको हो । काभ्रेको व्यापारिक बजार दोलालघाटमा रहेको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरणमा ठूलो टेवा पु¥याउँदै आएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउन निरन्तर लागिरहेको संस्थाका अध्यक्ष गोविन्द पराजुली बताउँछन् । सहकारी ऐन २०७४ सहकारीमैत्री नभएको भन्दै उनले अभियन्ताहरुकै कारण त्यसो भएको उनको जिकिर छ । सहकारी संघसंस्थाका सञ्चालकहरुले राजनीतिक स्वार्थ बाहिर रहेर सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि जे आवश्यक छ त्यो गर्नुपर्ने उनी सुझाउँछन् । आफू सम्वद्ध राजनीतिक दलको व्यक्ति सरकारमा हुँदा जे गरे पनि ठिक र अर्को दलको हुँदा सबै बेठिक छ भन्ने परिपाटी नै गलत उनको ठम्याई छ । अध्यक्ष पराजुलीसँग सहकारी क्षेत्रका समसामयिक विषयमा नेपालपत्रन्यूजले गरेको कुराकानी ः       

उद्यमशील बचत तथा ऋण सहकारी संस्था स्थापनाको उदेश्यमाथि प्रकाश पारिदिनुस् न,

दोलालघाट व्यापारिक क्षेत्र हो र यहाँ मुख्यतः व्यवसायीको बसोबास रहेको छ । जुन बेला नेपालमा जनयुद्ध चलिरहेको थियो, त्यो बेला यहाँ कुनै बैंकको सुविधा समेत थिएन । त्यस्तो बेलामा यहाँका व्यवसायीहरुलाई आर्थिक कारोबार गर्न सहज होस् र व्यवसाय गर्न टेवा पुगोस् भन्नका लागि २०६१ सालमा नै एउटा समुह बनाएका थियौं । हामीले विश्वासको आधारमा उद्यमशील समुहको नाममा केहि वर्ष सञ्चालन ग¥यौं । आर्थिक कारोबारका साथै सबै सदस्यहरुलाई उद्यमी बनाउन उत्प्रेरित गर्ने संस्थाको ध्येय हो । बचतका साथसाथै व्यापारव्यवसाय गर्न चाहनेहरुलाई ऋण लगानी गरेर सदस्यहरुको आर्थिक स्तरलाई वृद्धि गर्दै लैजाने नै संस्थाको उद्देश्य हो । 

२०६१ सालमा समूहको रुपमा रहेको संस्थालाई पछि सहकारीको रुपमा परिणत गर्नुभयो, हाल संस्थाको समग्र अवस्था के छ ?

२०६१ सालमा ३५ जनाबाट समुह शुरु गरेका थियौं । ३५ जनाले प्रत्येक दिन सय रुपैयाका दरले बचत गथ्र्याैं  । ५० हजार पुगेको दिन ३५ जना सदस्यलाई खबर गथ्र्यौं । कर्जा सबैजनालाई चाहिने तर हामीसँग सबैलाई दिने पैसा नभएकाले गोलाप्रथाबाट जसको नाममा पर्छ, उसलाई ऋण दिन्थ्यौं । यसरी क्रमिकरुपमा हामीले समुहलाई अगाडि बढायौं । समुहमा सदस्य र बचत रकम पनि बढ्दै गयो । अब यसलाई समुहमा मात्रै सञ्चालन गरेर हुँदैन भनेर २०६७ सालमा आएर डिभिजन सहकारी कार्यालयमा दर्ता गरेका हौं । हामीले संस्था दर्ता गर्दा १४५ जना शेयर सदस्य थिए । प्रत्येक सदस्यको सयसय कित्ता शेयर थियो । ५ वर्षसम्म संस्थामा सदस्य बन्न आउने प्रत्येक सदस्यले १०० कित्ता शेयर खरिद गर्नुपर्ने व्यवस्था गरेका थियौं । पछि गएर आर्थिक रुपमा कमजोर र संस्थामा सदस्य बन्न चाहनेहरुलाई उनीहरुको आर्थिक हैसियत अनुसारको दुइचार हजारको शेयर खरिद गर्नसक्ने व्यवथा ग¥यौं । संस्थाको शेयरपूँजी हाल १ करोडको हाराहारीमा पुगेको छ । दोलालघाटमा धेरै संस्था छन् तर हामीले आफूलाई बलियो संस्थाको रुपमा स्थापित गरेका छौं । र यस क्षेत्रका सदस्यहरुको विश्वास जित्न सकेका छौं । हामीले दैनिक ५/७ लाखको कारोबार गरिराखेका छौं । 

आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन कसरी काम गरिराख्नुभएको छ ।

हामीले सदस्यहरुको आर्थिकस्तरमा धेरै नै वृद्धि गर्न सफल भएका छौं । एक जना सदस्य बराबर ५ लाखसम्म कर्जा दिन्छौं । सहकारी ऐन २०७४ आएको छ । त्यसले सहकारीहरुलाई बन्देज लगाउने काम भएको छ । यो ऐनले सहकारीको प्रवद्र्धनमा टेवा पु¥याउँछ जस्तो मलाई लाग्दैन । हामीले सदस्यहरुलाई उद्यमी बनाउन आकस्मिक कर्जा व्यवस्था गरेको छौं । बढीमा १५ दिनसम्म ऋण लिएका सदस्यले सो अवधिमा चुक्ता गर्नैपर्छ । कहिलेकाँही सामान आयो दिने पैसा छैन भने सदस्यहरुले संस्थाबाट आकस्मिक कर्जा लिएर सामान झार्छन् । कहिलेकाँही साहुजीहरुलाई फलानो दिनमा पैसा दिन्छु भनेको हुन्छ । त्यो दिन पैसा हुँदैन, चेक बाउन्स हुने भयो भने सदस्यहरु संस्थामा आउँछन् र आपतकालिन समस्या समाधान गर्छन् । कोही पनि सदस्य पैसाको अभावमा मर्नु नपरोस् भनेर आकस्मिक स्वास्थ्य कर्जाको पनि व्यवस्था गरेको छौं । एउटा सदस्यालई ५० हजारसम्मको कर्जा लगानी गर्छौं । र सय दिनमा कर्जा फिर्ता गर्नुपर्ने हुन्छ । कुनै सदस्यको मृत्यु भयो भने ५ हजार रुपैया क्रिया खर्च वापत परिवारका आश्रित सदस्यलाई उपलब्ध गराउँछौं । जसरी सदस्यको हित हुन्छ त्यसरी नै हामीले संस्था चलाउनुपर्छ । हामीले कुनै बीमा कम्पनीसँग सम्झौता नगरी आन्तरिक रुपमा बीमा कार्यक्रम शुरु गरेका छौं । हामी प्रत्येक वर्ष हरेक सदस्यबाट १५० रुपैया लिन्छौं अनि संस्थाले त्यसमा १५० रुपैया थपिदिन्छ । हालसम्म ४÷५ लाख रुपैयाको कोष खडा भइसकेको छ । हामीले जसरी आन्तरिक बीमा भनेर भनेका छौं, त्यसैगरी भोलि सदस्यहरु तलमाथि भएको अवस्थामा आन्तरिक सहमति अनुसार सदस्यको उमेर, मृत्युको कारण, सदस्यको आर्थिक अवस्था जस्ता कुरालाई मध्यनजर गरी ४०÷५० हजार जति दिन सक्छौं रकम उपलब्ध गराउँछौं । हामीले नाम अनुसारको काम गरेर आफ्ना सदस्यहरुलाई उद्यमी बनाउने प्रयास गरेका छौं । 

संस्थाले कुनकुन क्षेत्रमा लगानी गरेको छ ? 

सहकारी सदस्यहरुको ससानो रकम जम्मा गरेर व्यापारव्यवसाय गर्न चाहने सदस्यहरुलाई ऋण लगानी गर्ने संस्था हो । हामी सञ्चालकहरुले फिर्ता नआउने तरिकाले कुनै पनि क्षेत्रमा लगानी गर्न सक्दैनौं । यहाँका सबै सहकारी मिल्यौं भने पर्यटन विकासमा पनि लगानी गर्न सक्छौं । कतिपय सदस्य कृषिमा लागेकाले उनीहरुलाई तरकारी खेती, पशुपालन जस्ता क्षेत्रमा हामीले लगानी गरिराखेका छौं । महिला सदस्यहरुलाई सहकारी शिक्षा दिनुका साथै उनीहरुको नेतृत्व र उद्यमशीलता विकासमा पनि टेवा पु¥याउँदै आएको छौं । हामीले ५ जनाको समुह बनाएर समुहको जमानतमा कृषि कर्जा, बाख्रा तथा कुखुरापालन गर्न पनि लगानी गरेका छौं । दुलही स्वागत कार्यक्रम भनेर हामीले कुनै नयाँ दुलही विवाह गरेर भित्रिएपछि उनको स्वागत गर्छौं र संस्थाको सदस्य बनाउँछौं । कुनै सदस्यको घरमा सुत्केरी भए भने गएर भेटघाट गर्ने र जन्मेको बालकलाई सदस्य बनाउँछौं । ताकि सानैदेखि उसको केहि पैसा जम्मा होस् र भविष्यका लागि बचत गर्न सिकुन् भनेर खुत्रुके दिन्छौं । बाल सदस्य स्कुल जान थालेको पहिलो दिनमा १ हजार रुपैया दिन्छौं । उनीहरुले कापी, कलम र झोला किन्नको निम्ति त्यो पैसा खर्च गर्न सक्छन् । यस क्षेत्रमा रहेका विद्यालयहरुकाबीचमा पनि हामीले धेरै कार्यक्रम गर्दै आएका छौं । यस भेगमा रहेका ४ वटा विद्यालयले हरेक ३–३ महिनामा कार्यक्रम तय गर्छन् । हामी त्यहाँ गएर सहभागिहरुलाई पुरस्कृत गर्ने काम गर्छौं । सामाजिक क्षेत्रमा पनि हामीले हात हालेका छौं । 

नेपालमा सहकारीको आवश्यकता कत्तिको देख्नुपर्छ ? 

सहकारी ऐन २०७४ आएको छ, यो ऐनमा बैंकरहरुको कुरा सुनेर सहकारीको सेवालाई खुम्च्याउने काम भएको छ । सहकारीले आजको आजै कर्जा दिन्छन् । एक जना जमानी बसिदिए २÷३ लाख रुपैया ऋण दिन्छ । हामीले त ससानो रकम तुरुन्तै दिन्छौं । सहजै सुविधा पाएपछि जनताको आकर्षण बैंकतिर हुँदैन । यसले गर्दा बैंकहरु सञ्चालन गर्न गाह«ो हुने भयो । बैंकमा एउटा व्यक्ति कर्जा लिन जाँदा महिनौं लगाइदिने र विभिन्न प्रक्रियाहरु पु¥याउनु पर्दा समय धेरै लाग्छ । यसले गर्दा बैंकरहरुको दवावमा सहकारीमाथि कडाई गर्ने प्रकृतिको ऐन आएको छ । आर्थिक विकासको लागि सहकारी अपरिहार्य संस्था हो । २०१६ सालबाट नेपालमा सहकारी अभियान शुरु भयो । १७ सालमा पञ्चायती शासन आयो र प्रजातन्त्रलाई मास्ने काम भयो । त्योसँगै सहकारीहरु पनि फस्टाउन सकेनन् । यदि सहकारी अभियानलाई स्वतन्त्र रुपमा काम गर्न दिएको भए नेपालीको आर्थिक स्तर धेरै माथि पुग्थ्यो ।  सहकारी ऐन २०७४ ले सहकारीलाई काम गर्न अप्ठ्यारो पारेकै हो ? 

अहिलेको ऐनलाई टेकेर जाने हो भने एउटा व्यक्तिले एक संस्था बाहेक अर्को संस्थामा सदस्य बन्न पाईंदैन । बनेपामा एउटा घरमा ३/४ वटा सहकारी छन् । एउटा साहुजीको घरमा १५/२० वटा संस्थाको पासबुक हामी देख्न पाउँछौं । सदस्यहरुले संस्थाबाट ऋण लिएर व्यवसाय अगाडि बढाइराखेका छन् । एउटा मात्र संस्थामा कारोबार गर, अर्को संस्थामा कारोबार गर्न पाउँदैनस् भन्ने हो भने उसको व्यवहार कसरी चल्छ ? अर्को कुरा १ लाख माथि ऋण लगानी गर्दा धितो अनिवार्य गरिएको छ । अहिले सहकारीले विश्वासको आधारमा बिना धितो ५ लाख पनि दिन सक्छ । यदि ऋण डुब्यो भने संस्थाको सञ्चालक र सदस्यको डुब्ने हो । ऋण लगानी गर्ने कुरामा पनि नयाँ ऐनले च्यापेको छ । त्यहि नीति अनुसार हामीले ऋण लगानी गर्नुप¥यो भने संस्थाको पैसा नै लगानी हुँदैन । एक लाखले आजको दिनमा के हुन्छ ? एउटा भैंसीको मुल्य एक लाख माथि पुगिसक्यो । एउटा व्यापारीले एक गाडी सामान ल्याउँछु भन्यो भने ५ लाख घटी केहि हुँदैन । १ लाख पैसा दिएर व्यापारीको कसरी उन्नति हुन्छ । राज्यले ऐन बनाउँदा सहकारीको छाता संगठनहरु सँग सल्लाहसुझाव लिएको हुनुपर्छ तर उहाँहरुले पनि राज्यलाई राम्रोसँग बुझाउन नसकेकै हो । यो ऐन परिमार्जन गर्न सहकारीकर्मी लाग्नुपर्छ । 

ऐनलाई कार्यान्वयन गर्ने नियमावली हो । यी कुरालाई नियमावलीले सम्बोधन गर्न सकिँदैन ? 

यसको लागि सहकारीका विषयगत र केन्द्रिय छाता संगठनहरुको भूमिका अहम् हुन्छ । हामीले बारम्बार यो ऐनको विरुद्धमा आवाज उठाएकै छौं । नियमावलीमा परिमार्जन गरेर ल्याए केहि हदसम्म भएपनि सहकारीकर्मीलाई राहत मिल्थ्यो । 

यहाँ विषयगत संघहरु धेरै छन् र एकले अर्कोलाई दबाउने र आफ्नो अनुकूलता अनुसार ऐन बनाउने परिपाटीले गर्दा पनि यो अवस्थामा सृजना भएको छ भन्ने सुनिन्छ नि ?

एकदम हो । सबै प्रकृतिका सहकारीको विषयगत संघ छन् । कतिपयले बचत तथा ऋण सहकारी एकथरि हो भने बहुउद्देश्यीय अर्को भनेर भन्ने गरेका छन् । बचतऋण सहकारीमा सदस्य बनेको व्यक्ति बहुउद्देश्यीय र कृषिमा पनि सदस्य बन्न पाउँछ भनेर कतिपयले भन्ने गरेका छन् । सबै सहकारीले एउटै काम गर्ने हो भने नाममात्रै फरक बनाएर भएन । बहुउद्देश्यीय, कृषि र बचतऋणले आफ्नो उद्देश्य अनुसार काम गर्नुपर्छ । अहिलेसम्म नेपाल अघि बढ्न नसक्नुको काराण जे मा पनि राजनीति हावी भएर नै हो । जिल्ला संघ, बचत संघको चुनाव छ भने टेलिफोन आउँछ । जुन पार्टीसँग सम्बन्धित छ, त्यहि पार्टीका सहकारी अभियन्तालाई जिताउन दवाव दिइन्छ । जुनसुकै ठाउँमा राजनीति अगाडि छ । आज जो सरकारमा छ त्यसको समर्थनमा रहेका साथीहरु संघको नेतृत्वमा रहुञ्जेल सरकारले जे जे गरे पनि सबै ठिक भन्नुहुन्छ । भोलि उहाँहरुको पक्षको नभई अर्को सरकार बन्यो भने बल्ल सहकारीका समस्या देख्न थाल्नुहुन्छ । यो नै सबैभन्दा ठूलो बिडम्बना हो । 

सहकारीका समस्याको समाधान कसरी होला ? 

सहकारीहरु आफ्नो ढंगले चल्न पाउनुपर्छ । सबै जात, धर्म, दल, वर्गका समुदायलाई समेट्ने थलो भनेकै सहकारी हो । जसले जुन धर्म, राजनीति अँगाले पनि, त्यसलाई बाहिर छाडेर सहकारीभित्र छिर्नु पर्छ । त्यसपछि सहकारीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुप¥यो । यो र त्यो पार्टीको भनेर बस्नु भएन । सहकारीका छाता संगठनहरुले पनि को सरकारमा छ भनेर वास्ता गर्नु भएन । हाम्रो समस्या के हो, त्यसको समाधान गर्ने तर्फ लाग्नुप¥यो । मेरो पार्टीको मान्छे मन्त्री छ उसको विरोध गर्नु हुँदैन भनेर बस्ने होइन । राम्रालाई समर्थन र नराम्रालाई विरोध गर्नुप¥यो । जसलाई ५ हजार पैसा कसैले पत्याउँदैन थियो । त्यो व्यक्तिलाई हामील सदस्य बनायौं । सानो ऋण दियौं । आज तिनै सदस्य बजारको सबैभन्दा धनाढ्य व्यापारी बनिसकेका छन् । अब सबै सहकारीले हाम्रो संस्थामा पनि कारोबार गर्न आऊ भन्नेसम्मका उनीहरु भएका छन् । यसरी काम गरियो भने सदस्यको आर्थिक स्तर छिटोभन्दा छिटो माथि उठ्छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif